२३ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकबाट घरमै राहदानी



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पु¥याउने भएको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीरकण गर्ने निर्णय गरेको थियो । सोही निर्देशनअनुसार सम्झौता भएको हुलाक निर्देशनालय सुर्खेतका निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

निर्देशक पाण्डेले शर्तअनुसार हुलाक निर्देशनालय सुर्खेतले जिल्ला प्रशासनले उपलब्ध गराएको राहदानी बढीमा सात दिनभित्र सेवाग्रहीको घरमा पुर्याउनु पर्नेछ ।

विविध कारणबसः वितरण गर्न नसकेका राहदानी जिल्ला प्रशासन कार्यालयलाई फिर्ता गर्नुपर्ने तथा राहदानी सुरक्षा संवेदनशीलता ध्यानमा राखी सुरक्षित साथ ढुवानी र वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गृह मन्त्रालय तथा हुलाक सेवा विभागको परिपत्रअनुसार राहदानी सेवा घरदैलोमा उपलब्ध गराउँदा लाग्ने नियमानुसारको हुलाक दस्तुर÷महसुल सम्बन्धित सेवाग्रहीबाट असुलउपर गरिने निर्देशक पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार हुलाक निर्देशनालयले राहदानी वितरणका लागि १०० थान खाममा हुलाक महसुलबापत लाग्ने टिकट टाँस गरी प्रशासनका कार्यालयको राहदानी शाखामा बुझाउनेछ । सम्झौता आजैदेखि लागू हुनेछ ।