काठमाडौँ। संघीय संसदको संसदीय सुनुवाइ (संयु्क्त) समितिको समितिको कार्यविधि पारित गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले समितिको नयाँ कार्यविधि पारित गरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभएको हो ।
उहाँले नयाँ कार्यविधिमा सिफापरिस भई आएका उम्मेदवारको सुनुवाई १० दिनभित्रमा गरिसक्ने व्यवस्था गरिएको बताउनु भयो । त्यस्तै उम्मेदवारविरुद्ध उजुरी दिन पनि १० दिनको समय दिने तथा नियुक्तिपछि पेश गरिएका कार्ययोजनाको कार्यान्वयन अनुगमन गर्ने व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो ।
सभापति श्रेष्ठले नियुक्तिपछि उम्मेदवारले पेश गरेका कार्ययोजना कार्यान्वयन भए–नभएको विषयलाई समेत समितिले गम्भीर रूपमा लिने बताउनुभयो ।
उहाँले कार्ययोजनाको कार्यान्वयनको स्वअनुगमन गर्ने, त्यसको ‘रिपोर्ट कार्ड‘ सार्वजनिक गर्न प्रतिबद्धता व्यक्त गराइने गर्ने व्यवस्था संशोधित कार्यविधिमा राखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा खासगरी समितिको कार्यविधिको बारेमा छलफल थियो । यसअघि बनेको कार्यविधिको आधारमा नै नयाँ कार्यविधि बनायौँ । आजको बैठबाट कार्यविधि पारित पनि गर्यौँ ।
आज विषेशगरी सुनुवाई अवधी कति राख्ने भन्ने विषयमा छलफल गर्यौँ । हामीले १० सम्म सुनुवाई गर्ने व्यवस्था गरेका छौँ । सिफारिस भइ आएका उम्मेदवारविरुद्ध उजुरी दिनको लागि समेत १० दिनसम्म दिने कुरा भएको छ ।
सुनुवाई भएर गैसकेपछाडि उहाँहरुले पेश गरेको कार्ययोजनाहरु कसरी कार्यान्वयन भइरहेको छ । त्यसलाई कुनै न कुनै निकायले अनुगमन गर्नुपर्छ भन्ने भयो ।
त्यसको लागि स्वअनुगमन गर्ने र त्यसको रिपोर्टकार्ड सार्वजनिक गर्ने प्रतिवद्धता गराउने व्यवस्था गराउने व्यवस्था गरेका छौँ । र सम्बन्धीत मन्त्रालयले समेत अनुगमन गर्नेगरी व्यवस्था गर्छौँ । कार्ययोजनाअनुसार काम गर्न नसके कुनैपनि बेला सरकार वा सम्बन्धीत निकायले फिर्ता बोलाउने कुरा भएको छ ।’
उहाँले सिफारिस भई जाने उम्मेदवारले प्रश्तुत गरेको उम्मेदवारले कार्ययोजनाअनुसार काम गर्न नसके सम्बन्धीत निकायले फिर्ता बोलाउनेगरी कार्यविधि तयार पारिएको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल











