२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गर्न सकिने योजना मात्र छनोट गर्नुहोस्ः मुख्यमन्त्री



अ+ अ-

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा काम गर्न सकिने मात्र छनोट गर्न आग्रह गनुभएको छ ।

प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रमको समापन कार्यक्रममा मुख्यमन्त्री कँडेलले आगामी वर्षको बजेट एक प्रतिशतले वृद्धि गर्ने तयारीमा रहेको बताउनुभयो । परम्परागत सोच बदल्नुपर्ने भन्दै उहाँले संरचनात्मक सुधारबिना लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो ।

आर्थिक रुपमा बलियो हुँदै आफूले पाएको अधिकार प्रयोग गर्नतर्फ स्थानीय तह तथा प्रदेश सरकार लाग्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार प्रदेश तथा स्थानीय तहले समन्वयमा काम गर्दै आर्थिक आधार बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ । प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव हुन्छ ।”

विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले सङ्घीयता कार्यान्वयनको मूल मर्मअनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताउनुभयो ।

आगामी तीन वर्षको बजेट, चालु आर्थिक वर्षको खर्चको विवरण, सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व र आयोजना कार्यान्वयनको अवस्था हेरेर एक प्रतिशत बजेट बढाएको उहाँले बताउनुभयो । रासस