२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व तनावबीच इरानको विश्वकप यात्रा अघि बढ्दै



TEHRAN, IRAN – MARCH 25: Players of Iran celebrate after the 2026 FIFA World Cup Asian Qualifiers Group A game between Iran and Uzbekistan at Azadi Stadium on March 25, 2025 in Tehran, Iran. Iran’s national football team celebrated after securing qualification for the 2026 FIFA World Cup with a 2-2 draw against Uzbekistan. (Photo by Fatemeh Bahrami/Anadolu via Getty Images)
अ+ अ-

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ ।

मध्यपूर्वमा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पार्नुभएको छ ।

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा आयोजना हुँदैछ । इरानले आफ्नो समूहका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्ने तय भएको छ ।

यसअघि क्यानडामा आयोजित फिफा कंग्रेसमा इरानी प्रतिनिधिमण्डल सहभागी हुन सकेको थिएन । क्यानडाले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गरेको कारण उनीहरूलाई फर्किनु परेको बताइएको थियो ।

त्यसपछि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज स्वदेश फर्किएका थिए र फिफासँग विभिन्न विषयमा छलफल गर्न चाहेको बताउनुभएको थियो ।

समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।  (रासस/एएफपी)