७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरीद्वारा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड



अ+ अ-

कन्चनपुर । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले शुक्ला फाँटा राष्ट्रिय निकुन्जको अनुगमन गर्नुभएको छ ।

मन्त्री चौधरीले कञ्चनपुर जिल्लामा पर्ने उक्त राष्ट्रिय निकुन्जको वार्तामान अवस्थामा भइरहेका संरक्षणसम्बन्धी गतिविधिहरूको जानकारी लिनुभएको हो ।

निकुञ्जका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले अनुगमनका क्रममा निकुञ्ज प्रशासनले मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरीसिकारी नियन्त्रण तथा घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धारलगायतका कार्यहरू प्रभावकारी सञ्चालन भइरहेको जानकारी गराउनु भएको छ।

अनुगमनका क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा थप ध्यान दिनुपर्ने र पर्यापर्यटनमार्फत स्थानीय जनताको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष जोड दिनुपर्ने धारणा राख्नुभएको थियो।