४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्सद्वारा पिकनिक कार्यक्रम सम्पन्न

नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्सद्वारा पिकनिक कार्यक्रम सम्पन्न
अ+ अ-

अस्टिन: नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्सले आइतबार पिकनिक कार्यक्रम सम्पन्न गरेको छ। ग्रेटर अस्टिनको हटो काउन्टीमा रहेको आदम अर्गेइन पार्कमा उक्त पिकनिक कार्यक्रम आयोजना गरिएको थियो।

ग्रेटर अस्टिन नेपाली समाजमा लामो समयसम्म नेतृत्व तथा आर्थिक पारदर्शितासम्बन्धी विवादका कारण नेपाली समुदाय विभाजित भएको अवस्थामा नेप्लिज चेम्बर अफ कमर्सले नेपालीहरूबीच एकता र परम्परागत भाइचाराको सम्बन्ध जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।

अप्रिल १२ गतेका लागि तय गरिएको पिकनिक कार्यक्रम मौसमले साथ नदिएपछि आज (मे ३ गते) का लागि सारिएको थियो। उक्त कार्यक्रमले नयाँ वर्षको अवसरमा नेपालीहरू भेला भई रमाइलो गर्दै नयाँ वर्षको खुसी साट्ने परम्परालाई जीवन्त राख्न सहयोग गरेको छ।

कार्यक्रममा नाचगान तथा बालबालिकाहरूका लागि दौड प्रतियोगिता आयोजना गरिएको थियो। पिकनिकका साथै आयोजक संस्थाले छोटो औपचारिक कार्यक्रम पनि राखेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै चेम्बरका कार्यसमिति सदस्य तथा एनआरएनए एनसीसीका उपसभापति प्रदीप चौलागाईंले उपस्थित सबैलाई स्वागत गर्नुभयो।

कार्यक्रममा मन्तव्य राख्दै चेम्बरका वरिष्ठ सल्लाहकार तथा ग्रेटर अस्टिन नेपाली समाजको आसन्न निर्वाचनमा सभापति पदका प्रत्याशी पदम ठकुराठीले आफ्नो टिमका उम्मेदवारहरूको परिचय गराउँदै संस्थामा परिवर्तनका लागि आफ्नो समूहलाई विजयी बनाउन सबैसँग अपिल गर्नुभयो।

पदम ठकुराठीको नेतृत्वमा रहेको उक्त टिममा वरिष्ठ उपसभापतिमा विनोद शाह, महिला उपसभापतिमा ज्ञानु कोईराला, उपसभापतिमा बोधराज घिमिरे, महासचिवमा विष्णु पहाडी, सचिवमा प्रिन्स भट्ट, कोषाध्यक्षमा यात्री ओली, कार्यकारी बोर्ड सदस्यमा दीपक हुमागाईं र उर्मिला गौतम चौलागाईं, ट्रस्टी बोर्ड सदस्यमा एलिजा थापा पौडेल, राजेश्वर निरौला, देवी भेटुवाल, शर्मिला थापा खनाल, वर्षा गौतम र ईश्वर वास्तोला रहेका छन्।

कार्यक्रममा मन्तव्य राख्दै ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्सका सभापति सिपी पौडेलले अस्टिनमा विभाजित हुँदै गएको नेपाली समाजलाई जोड्न र सामूहिक नेतृत्वको विकास गर्न चेम्बरले सबैलाई समेट्ने प्रयास गरिरहेको जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव उद्धव खनालले गर्नुभएको थियो।