१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको एक घरमा एयर कन्डिसनर विस्फोटपछि भीषण आगलागी, ९ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहार क्षेत्रमा आईतवार बिहान एक बहुतले घरमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

एयर कन्डिसनर (एसी) मा शक्तिशाली विस्फोट भएपछि शुरु भएको उक्त आगलागीमा परी अन्य २० जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालक र चार महिला रहेका छन् ।

पूर्वी दिल्लीको विवेक विहार इलाकामा भएको उक्त दुर्घटनाको समयमा पीडितहरू सुतिरहेका थिए । एसी विस्फोट भएको केही मिनेटभित्रै आगोले पूरै घरलाई चपेटामा लिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि १४ वटा दमकल परिचालन गरिएको थियो । सुरक्षाकर्मीले घरका विभिन्न स्थानबाट ९ जनाको शव फेला पारेका छन् भने घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

एयर कन्डिसनर विस्फोट हुनुको यकिन कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल