१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प आइआरजिसी



अ+ अ-

तेहरान। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ।

आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दाबी गरेको छ ।

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इस्लामिक गणतन्त्र इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने बताएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो, यद्यपि मिति भने खुलाइएको छैन।

आईआरजीसीका अनुसार वासिङटनविरुद्ध चीन, रुस र युरोपको अडानमा पनि परिवर्तन आएको छ । “यी सबै घटनाक्रमलाई मध्यनजर गर्दै अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,” रिभोलुसनरी गाड्र्सले दावी गरेको छ।