११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प
अ अ+ अ-

काठमाडौँ।  पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ ।

२०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको छ । पोखरा नगर योजना, २०३० र पोखरा उपत्यकाको गुरुयोजना, २०३१ अनुसार बसपार्कका लागि २०५ रोपनी जग्गा नापी गरी अधिग्रहण गरिएको थियो ।

जसको चारकिल्ला पूर्वमा सेती नदी, पश्चिममा पृथ्वी राजमार्गबाट हवाई अड्डा जाने गोरेटो बाटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणमा पोखरा विमानस्थलको सीमा निर्धारण गरिएको थियो । मुआब्जा वितरणका क्रममा केही जग्गाधनी असन्तुष्ट भई अदालत गएपनि अदालतले क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेकाअनुसार २०६४ सालमा बसपार्क निर्माणका लागि ठोस पहल गरिएको थियो । १० करोड रुपैयाँको लागतमा मास्टरप्लान तयार गरी सर्वदलीय सहमतिका आधारमा निर्माण प्रक्रिया अघि बढाउन खोजिए पनि तत्कालीन भौतिक निर्माण मन्त्री विजयकुमार गच्छदारले रोक्का पत्र पठाएर काम रोकेको लामिछानेको दाबी छ ।

लामिछाने भन्नुहुन्छ,‘हामीले २०५ रोपनीमध्ये १८७ रोपनी जग्गामा सुविधासम्पन्न बसपार्क बनाउने योजना बनाएका थियौँ । तर नगर विकास समितिका तत्कालीन पदाधिकारी र भूमाफियाको चंगुलमा परेर मन्त्रालयले काम गर्न दिएन । मलाई १३ महिनासम्म कुनैपनि काम गर्न नदिई पत्रमार्फत रोकियो ।’

अधिग्रहण गरिएको जग्गामा घडेरी वितरण गर्दा व्यापक अनियमितता भएको तथ्याङ्क बाहिर आएको छ । लामिछानेकाअनुसार विमानस्थल क्षेत्रबाट विस्थापित भएका ४९ परिवारका लागि ७२ वटा घडेरी वितरण गरिएको पाइएको छ ।

त्यसैगरी, २०४३ सालमा ६ रोपनी बराबर एउटा घडेरी दिने सहमति भएकोमा जग्गाधनीले ४ रोपनी बराबर एउटा घडेरी माग गरेका थिए । तर २०६० सालमा नगर विकासका पदाधिकारीहरूले ४ रोपनी बराबर दुईवटासम्म घडेरी वितरण गरी जग्गा दुरुपयोग गरेको आरोप लगाइएको छ ।

लामिछानेले भन्नुभयो, ‘जग्गाधनीले एउटा घडेरी माग गर्दा दुईवटा दिइनुले त्यहाँ कस्तो चलखेल भएको थियो भन्ने प्रस्ट हुन्छ ।’
हाल बसपार्कको जग्गा खुम्चिएर ५० रोपनीमा सिमित गर्न खोजिएकोमा लामिछानेले आपत्ति जनाउनु भयो ।

उहाँले अहिलेको सरकारले अधिकारसम्पन्न आयोग गठन गरी बसपार्कको जग्गामा भएको अनियमितताको छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

वास्तविक जग्गाधनी, व्यापारी र सुकुम्बासीको उचित पहिचान र व्यवस्थापन गरी २०३१ सालकै गुरुयोजनाअनुसार आधुनिक बसपार्क निर्माण गरिनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

व्यवस्थित बसपार्क नहुँदा पर्यटकीय सहर पोखराको यातायात व्यवस्था र सहरी सौन्दर्यमा समेत प्रतिकूल असर परिरहेको छ ।—न्युज एजेन्सी नेपाल