११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक
अ अ+ अ-

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ ।

हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यसप्रकारको धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ मनाउने प्रचलन छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गुरुङ तथा विष्ट समुदायले बर्सेनि धछ्याङ पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन् ।

स्थानीय भाषामा ‘ध’को शाब्दिक अर्थ धनुषवाण (तारा) र ‘छ्याङ’को शाब्दिक अर्थ झाङ अर्थात् (घरेलु पेय) पदार्थ भन्ने गरिन्छ । खिङ्गागाउँका मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीले घरेलु मदिरा सेवन गर्दै धनुषवाण (तारा) हान्ने खेल परम्परा भएकाले यस पर्वलाई ‘धछ्याङ’ पर्व भन्ने गरिएको बताउनुुभयो ।

यस वर्षको अघिल्लो हप्ता यहाँको वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत लुप्रा र झारकोट गाउँमा धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सम्पन्न भइसकेको छ । खिङ्गाका गाउँ मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार शुक्रबारदेखि यहाँको पुराङ रानीपौवा र खिङ्गागाउँमा एकैसाथ अलग–अलग धछ्याङ पर्व भइरहेको उल्लेख गर्नुभयो ।

बर्सेनि मनाइने धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ केवल घरेलु पेय पदार्थ झाङ खाएर धनुषवाण खेल्नेमा मात्रै सीमित नरहेको वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गर्नुभयो । धछ्याङ पर्व हिउँदयाम सकिएर बर्खायाम सुरु भएको सूचकका रूपमा मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । वसन्त ऋतुको आगमनसँगै मनाइने यस प्रकारको ‘धछ्याङ’ पर्वमा स्थानीयले विश्व शान्तिको कामना गर्दै खेतीपाती र कृषि पालन व्यवसाय राम्रो होस्, प्राकृतिक विपद्का घटना नहोस्, रोगब्याधि र अनिष्ट नहोस् भन्ने कामना गर्दै धछ्याङ पर्वमा विशेष पुजाआराधना गर्ने प्रचलन छ ।

यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता बोकेको परम्परागत धछ्याङ पर्व सदियाँैदेखि मनाउँदै आइरहेको पाइएको छ । पर्वमा स्थानीय धर्मसंस्कृति, वेशाभूषाअनुसारको पोशाक र गहना लगाएर स्थानीय पर्वमा सहभागी हुने गर्छन् । धछ्याङ र यार्तुङ पर्व मुस्ताङको पर्वमात्र नभई सांस्कृतिक धरोहरका रूपमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम बढेकाले धार्मिक तथा सांस्कृतिक परम्परा धान्न मुस्किल परेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत रहेको खिङ्गागाउँमा ३२ घरपरिवारको बसोबास छ । यहाँका स्थानीयको मुख्य आयआर्जनको स्रोत भनेकै कृषि र पशुपालन व्यवसाय हो । गाउँका केहीले होटल व्यवसाय समेत गरेका छन् ।

खिङ्गामा बर्सेनि मनाइने धछ्याङ पर्वमा गाउँका १८ वर्षदेखि माथिका सबै स्थानीय उपस्थित हुनुपर्छ । पर्वमा सहभागी नहुनेलाई गाउँको निर्णयअनुसार जरिवानासमेत तिराइन्छ । युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागितामा पर्व मनाउने प्रचलन छ ।

पर्व अवधिभर गाउँको समाजघरमा सबै गाउँले आपसमा भेला भएर सामूहिक रूपमा पर्व मनाउने गरिन्छ । पर्वमा मीठामीठा खानेकुरा पकाएर खाने, राम्रो लगाउने र स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाच नाच्ने प्रचलन रहिआएको छ । रासस