५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

केरुङ-काठमाडौं रेलमार्ग: विस्तृत सम्भाव्यता अध्ययन दुई वर्षभित्रै सक्ने गरी कामको बाँडफाँड गरियो

केरुङ-काठमाडौं रेलमार्ग: विस्तृत सम्भाव्यता अध्ययन दुई वर्षभित्रै सक्ने गरी कामको बाँडफाँड गरियो
अ+ अ-

काठमाडौं । नेपाल र चीनले बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) दुई वर्षभित्र सक्ने गरी जिम्मेवारी बाँडफाँड गरेका छन् । चीनले अध्ययनको सबै प्राविधिक काम गर्ने तथा सोको लागत व्यहोर्ने र नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत विषयलाई सम्बोधन गर्ने सहमति भएको हो । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएको बैठकको सहमतिअनुसार नेपालले आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्नेछ ।

त्यस्तै, अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन, फिल्ड संरचना निर्माणलगायत दायित्व पनि नेपालकै हुनेछ । चीनले प्राविधिक पाटो तीन चरणमा सम्पन्न गर्नेछ । जसअन्तर्गत पहिलो चरणमा हवाई सर्वेक्षण नक्सांकन (एरियल सर्भे म्यापिङ), दोस्रो चरणमा भौगर्भिक अध्ययन र तेस्रो चरणमा अलाएन्मेण्टको काम हुने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । अध्ययन खर्च सबै चीनकै अनुदान हुने सहमतिमा उल्लेख छ । प्रतिवेदन तयार गर्न तीन अर्ब लाग्ने अनुमान छ । अध्ययनमा चिनियाँ प्राविधिकहरू नै सहभागी हुनेछन् ।

‘चिनियाँ पक्षले अध्ययनको सबै प्राविधिक पक्षलाई हेर्नेछ, नेपाली पक्षले स्थानीयसँग सम्बन्धित विषयलाई सम्बोधन गर्नेछ,’ मंगलबार भएको सहमतिबारे रेल विभागका महानिर्देशक बलराम मिश्रले भने । चिनियाँ पक्षले तत्कालै अध्ययन थाल्ने तदारुकता पनि देखाएको छ । चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपलाई परामर्शदाता कम्पनीका रूपमा तोकेको छ । यही कम्पनीले यसअघि पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बुटवल पश्चिमको विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरेको थियो ।

‘सकेसम्म छिटो काम सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छौँ, दुई वर्षभन्दा कम समयमै पनि अध्ययन पूरा हुन सक्छ,’ भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्कीले भने, ‘चिनियाँ पक्षले प्राविधिक रूपमा अध्ययनमा लाग्ने समय अधिकतम कम गर्ने गरी काम गर्नेछ ।’ विस्तृत सम्भाव्यता अध्ययन भएकाले आयोजना निर्माणअघिका अधिकांश काम यही अध्ययनले समेट्नेछ । माटो, चट्टानलगायतको जाँच हुनेछ । चिनियाँहरूले विस्तृत आयोजना प्रतिवेदनलाई नै सम्भाव्यता अध्ययनका रूपमा लिन्छन् ।

यसकारण सम्भाव्यता अध्ययन भनिए पनि त्यो डिपिआर नै हुने रेल विभागको भनाइ छ । बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ रेल्वेका उपप्रशासक आन लु सेङले गरेका थिए । २६ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको थियो । चीनका राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको थियो ।

बुधबार संयुक्त टोली स्थलगत अध्ययनको लागि लुम्बिनी जाँदै: द्विपक्षीय बैठकमा काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे आयोजनाबारे समेत छलफल भएको छ । छलफलमा काठमाडौ पोखरा लुम्बिनी रेलमार्गको प्रारम्भिक लम्बाई १५७ किलोमिटर रहेको जानकारी गराइएको छ । साथै बुधबार नेपाली प्राविधिकसहित चिनीया टोली स्थलगत अध्ययन गर्न लुम्बिनी जादैछ ।

यस आयोजनाको प्राविधिक तहमा के–कस्ता सम्भावना हुन सक्छ भन्नेबारे अद्यावधिक प्रस्तुति भएको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए । सीको नेपाल भ्रमणमा काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे आयोजनालाई पनि अघि बढाउने प्रतिबद्धता दुवै पक्षले गरेका थिए । नयाँ पत्रिका दैनिकबाट