२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

स्विप अपरेसनः लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

स्विप अपरेसनः लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

उपत्यकाबाट ४१, कोसी प्रदेशबाट पाँच सय ९३, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट एक सय ४०, लुम्बिनीबाट ४२, कर्णालीबाट ८७ र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा अवैध लागुऔषध गाँजा १७६ किलो, चरेस १६ किलो, खैरो हेरोइन एक किलो ३७२ ग्राम, पोलेन एक किलो १४२ ग्राम बरामद गरिएको छ ।

त्यस्तै नियन्त्रित लागुऔषध डाईजेपाम एक हजार २२४ एम्पुल, फेनारगन एक हजार ४१७ एम्पुल, बुप्रेनोर्फिन एक हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट दुई सय ४२ ट्याब्लेट, स्पास्मो एक सय तीन ट्याब्लेट बरामद गरिएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको उहाँको भनाइ छ । सबै प्रहरी कार्यालयहरूले विशेष स्विप अप्रेसन सञ्चालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकता राखेको उहाँले बताउनुभयो ।

प्रहरीले लागुऔषध दुर्व्यसनीले समाज एवं व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असरसम्बन्धी समुदाय-प्रहरी साझेदारीअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयले स्विप अप्रेसन सञ्चालन गरी लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले उल्लेख गर्नुभयो ।  रासस