२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवद्र्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताउनुभएको छ ।

सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उहाँको भनाइ छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुहुँदै उहाँले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक रहेको उल्लेख गर्नुभएको छ ।

“उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस र समर्पणको अनुपम उदाहरण हो । सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको छ” उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ “यो जयन्तीले हामीलाई धर्म, सत्य र नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ ।”

माता सीताको जीवनले पारिवारिक सद्भाव, सामाजिक न्याय र लैङ्गिक समानताको महत्वलाई स्मरण गराउने उहाँको कथन छ ।

उपराष्ट्रपतिले कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको उल्लेख गर्दै उहाँले यस अवसरमा, सीताको आदर्शलाई आत्मसात गर्दै नारी सशक्तिकरण, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने संकल्प लिनुपर्ने बताउनुभएको छ ।

“पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ । यसले वातावरण संरक्षण, मातृशक्तिको सम्मान र सामाजिक न्यायको सन्देश दिन्छ” उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

उपराष्ट्रपतिले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ सङ्कल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  रासस