२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु



अ+ अ-

कास्की। कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ ।

हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुङ्गाना भण्डारीलाई उहाँहरूको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उहाँहरूको राहदानी हस्तान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय पोखराको सहकार्यमा होम डेलिभरी सेवा सुरु गरिएको प्रशासनले जनाएको छ । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमनसमेत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसँगको छलफलमा प्रजिअ शर्माले नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाले यस सेवाबाट नागरिकलाई सहज, छिटो तथा झन्झटरहित सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई थप विस्तार गर्दै लैजान सरकारका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य जारी राख्ने अध्यक्ष केसीले बताउनुभयो । रासस