२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।

फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उहाँको धारणा छ ।

आज बालुवाटरस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्तिमात्रै नभई ज्ञान, अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताउनुभयो ।

यही सन्दर्भमा गैरआवासीय नेपाली सङ्घको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उहाँको धारणा छ । “सङ्घले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काममात्र गरेको छैन, नेपाली अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने सेतुको काम पनि गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप क्षमतालाई स्वदेशमै उपयोग गर्न सङ्घले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गर्नुभयो ।

उहाँका अनुसार राष्ट्र निर्माणमा सरकारसँगै अरु सबैको साझा दायित्व हो । जसमा राज्य, समाज, नागरिक, बुद्धिजीवी, युवापुस्ता र प्रवासी नेपाली समुदायको भूमिका महत्त्वपूर्ण हुने उहाँले सुनाउनुभयो ।