१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ स्थानीय तहका हाकिमलाई ३ दिनभित्र हाजिर हुन सामान्यको अल्टिमेटम



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरुवा भए पनि हालसम्म कार्यक्षेत्रमा नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र हाजिर हुन अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ।

मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघ महिनासम्मको अवधिमा विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा सरुवा गरिएका उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरूलाई हालसम्म रमाना नलिएको भन्दै तत्काल कार्यक्षेत्रमा जान निर्देशन दिएको हो।

मन्त्रालयले मिति २०८३ वैशाख १० मा पत्राचार गर्दै तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिई तोकिएको निकायमा कामकाज गर्न जान भनेको छ। सरुवा भएको लामो समय बितिसक्दा समेत कर्मचारीहरूले अटेर गरी साबिककै कार्यालयमा बसिरहेपछि मन्त्रालयले यो कडा कदम चालेको हो।

तोकिएको समयभित्र हाजिर नहुने कर्मचारीहरूलाई ’निजामती सेवा नियमावली, २०५०’ को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही गरिने चेतावनी समेत दिइएको छ। मन्त्रालयले कर्मचारीहरूमा देखिएको सरुवा अटेर गर्ने र साबिककै कार्यालयमा बसिरहने विकृति रोक्न यो निर्णय लिइएको जनाएको छ।