२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु



अ+ अ-

सिरहा।  सिरहाको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो । प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ । रासस