७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो
अ+ अ-

काठमाडौँ।सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् ।

यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पोखराका पर्यटन व्यवसायीहरूकाअनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ । अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।

दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल  (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यकाअनुसार यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ ।

कोभिड–१९ को महाव्याधिपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि नयाँ आन्दोलन र सकारात्मक परिवर्तनको आवश्यकता रहेको आचार्यको भनाइ छ । विशेषगरी जेन–जी पुस्तामा बढ्दो भ्रमण संस्कृतिको सन्दर्भमा यो निर्णय अझ प्रभावकारी हुने देखिएको छ । यसले नेपालीहरूबिच देश घुम्ने कुरालाई सहज बनाउने र आर्थिक रूपमा पनि चलायमान बनाउने काम गर्नेछ ।

उहाँले भन्नुभयो, ‘हप्तामा दुई दिन बिदा दिने निर्णयले मानिसहरूलाई घुमघाम गर्ने फुर्सद दिन्छ, जसले समग्र आन्तरिक पर्यटनलाई चलायमान बनाउँछ । मान्छेले जागिर खाए पनि आफ्ना कुराहरू गर्ने र घुम्ने परिपाटी यसले बसाल्न सक्छ ।’

अध्यक्ष आचार्यले राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पनि ‘भ्रमण प्याकेज’ को अवधारणा ल्याएर प्रोत्साहित गर्नुपर्ने बताउनु भयो ।

कर्मचारीहरूलाई योजनावद्ध रूपमा भ्रमणमा पठाउँदा अहिलेसम्म ओझेलमा परेका र कम परिचित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा मद्दत पुग्ने उहाँको धारणा छ । पर्यटकीय गन्तव्यहरूको उचित प्रवद्र्धन र सरकारका यस्ता नीतिहरूको निरन्तरताले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको भूमिका अझ सशक्त हुनेमा उनले जोड दिनुभयो ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले यस कदमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउनु भयो । नयाँ वर्षको पूर्वसन्ध्या र बिदाको प्रभावले अहिले पर्यटकीय शहर पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।

‘सरकारले दिएको दुई दिने बिदाले पर्यटनमा एकदम ऊर्जा प्राप्त भएको छ,’ सुवेदीले भन्नुभयो, ‘पर्यटन अहिले पोखरामा भरिभराउ नै छ ।’

स्वयं होटल व्यवसायी समेत रहनुभएकी सुवेदीले यो बिदाको व्यवस्थाले पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार बिदाका कारण मानिसहरूले घुमफिरका लागि पर्याप्त समय पाउने हुँदा यसले समग्र पर्यटन व्यवसायमै ऊर्जा थपिएको हो ।

पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले यो दुई दिने विदाले गर्दा अब पोखराका पर्यटन क्षेत्रहरु, पोखरालाई मात्र नभइकन, लेखनाथलाई मात्र नभइकन पोखरा वरिपरि रहेका क्षेत्रहरुलाई पनि एकदमै आन्तरिक पर्यटक आएर अहिले एकदम चलायमान भएको हामीले अनुभव गरेका छौँ ।’

लामो समयको सुनसानपछि सार्वजनिक विदाको सदुपयोग गर्दै भ्रमणमा निस्कने आन्तरिक पर्यटकका कारण पोखराका होटल, रेस्टुरेण्ट र ग्रामीण पर्यटकीय क्षेत्रहरुमा रौनक फर्किएको छ । फेवाताल, बेगनासताल र सराङकोट जस्ता मुख्य पर्यटकीय स्थलहरुमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ । यसले गर्दा स्थानीय स्तरमा रोजगारी र व्यापारमा समेत टेवा पुगेको पर्यटन व्यवसायीहरुको ठहर छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो कदम कोशेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ । होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल यस निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताउनु हुन्छ । उहाँकाअनुसार विदेशमा आइतबार बिदा हुने प्रचलन रहेकाले नेपालमा पनि सोही अनुरूप गरिँदा अन्तर्राष्ट्रिय पर्यटनका साथै आन्तरिक पर्यटनमा समेत ठूलो टेवा पुग्नेछ ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले शनिवार र आईतवार गरी हप्ताको २ दिन बिदा दिने जुन घोषणा गरेको छ, यो हाम्रो पर्यटन क्षेत्रका लागि स्वागत योग्य छ । अन्तर्राष्ट्रिय जगतमा आइतबार बिदा हुने अभ्यास रहेकाले यसले तालमेल पनि मिलाउँछ । मुख्य कुरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यसले ठूलो सहयोग पु¥याउँछ ।’

पोखराको पर्यटन बजारलाई केन्द्रित गर्दै उहाँले यो बिदाले विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढ्ने र यसले समग्र होटल व्यवसायलाई नै नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

पौडेलले कर्मचारी वर्गको सन्दर्भ उठाउँदै भन्नुभयो, ‘जुन कर्मचारी वर्गहरू हुनुहुन्छ, उहाँहरूले अब लगातार २ दिन बिदा पाउने भएपछि परिवारसँग घुमघाम गर्न पर्याप्त समय मिल्नेछ । शनिवार त बिदा छँदै थियो, अब आईतवार पनि थपिँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा यसले ठूलै प्रभाव पार्नेछ ।’

पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन हुँदा कोभिडपछिको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने देखिएको छ । –न्युज एजेन्सी नेपाल