७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
फाइल फोटो
अ+ अ-

पर्वत। तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।

कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।

अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।

इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिनुभयो ।

दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।

यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गर्नुभएको छ । रासस