७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
सन्दर्भ तस्बिर, फाइल
अ+ अ-

मुस्ताङ। घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो ।

मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाईने विशाल ढुङ्गालाई बाहिर निकालेर मूर्तिकारहरुले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरुपमा बदल्ने भएका छन् ।

कालगण्डकी नदीमा पाइने ढुङ्गालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौँ ढुङ्गामा जोमसोममा एकक्रित गरी सङ्कलन गरिएको छ । सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरे अनुरुपका ढुङ्गाहरु सङ्कलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले सङ्कलन गरी राखेका कालिगण्डकी विशाल ढुङ्गामा विभिन्न प्रकारका मूर्तिहरुको आकृति कोरिने योजना रहेको छ ।

घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आई पुगेर काम सुरु गरिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिनुभयो । कालिगण्डकी नदीका ढुङ्गाहरुमा यहाँको जीवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकलामार्फत उजागर गरिने प्रमुख महतोले बताउनुभयो ।

यहाँको मौलिक पहिचान र कलाकारको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रुप दिइने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी १५ दिने कार्यशालाले ठूलो टेवा पु¥याउन सक्ने प्रमुख महतोको भनाइ छ ।

घरपझोङ मूर्तिकला कार्यशाला २१ वैशाखसम्म चल्ने छ । ढुङ्गामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान विष्णुको स्वरुप शालिग्राम, भगवान नारायण,बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताइएको छ ।

यसैगरी कालिगण्डकी नदीका ढुङ्गाहरुमा यहाँको धर्मसस्कृति, रहनसहन, हिउँ चितुवा, याकचौरीलगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरुले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गर्नुभयो । यहाँको मूर्तिकला कार्यशालामा कार्य अवधिभर २१ ठूला आकारका ढुङ्गामा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् । यसका अलावा तोकिएको अवधिभन्दा अघि नै ढुङ्गामा मूर्तिकलाको काम सकिएमा थप अरु ढुङ्गाहरुमा क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु¥याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

मुस्ताङको कालिगण्डकी नदीमा पाइने सबै ढुङ्गाहरु स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरुको घुमफिर गर्ने बसाइ लम्याउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाइएको बताउनुभयो ।  मुस्ताङमा अधिकांश धार्मिक पर्यटक हिन्दू धर्मालम्बीको रहेकाले यहाँको पवित्र ढुङ्गा (शीला) मा हिन्दू तथा बौद्ध धर्मको समान अस्तित्व रहेने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरु सिधैँ गन्तव्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतीले पर्यटकहरुको बसाइ लम्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

घरभफोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुङ्गा र विद्युत् व्यवस्थापन मिलाएको छ । काठमाडाँैकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्च उचाइको स्थानमा पहिलो पटक मूर्तिकला प्रस्तुत गर्न आइपुगेको जानकारी दिनुभयो । तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभवभन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको बताउनुभयो । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गर्नुभयो ।

घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुङ्गालाई जोमसोम बजारको कालीगण्डकी नदीको दायाँबायाँ किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने जनाइएको छ ।

सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरुले यहाँको ढुङ्गाहरुको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताइएको छ । ढुङ्गामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ । रासस