७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठन खारेज गर्नेकुरा सह्य हुँदैन, आवश्यक परे लोगो फुकालेर सडकमा आउँछुः सांसद महर



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिवन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताउनुभएको हो । उहाँले  विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत रहेको बताउनु भयो ।

वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन रहेको भनी प्रश्न समेत गर्नुभयो ।

सांसद महरले भन्नुभयो, ‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन । तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ । आवश्यक प¥यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु ।’

उहाँले गणतन्त्र ल्याउन राजनीतिक दलभन्दा अगाडि विद्यार्थीले रगत बगाएको स्मरण गराउँदै अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई नै काम नलाग्ने बनाउन खोज्नु स्वीकार्य नहुने बताउनु भयो । संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उहाँले विद्यार्थीलाई सुझाउनु भयो ।

विद्यार्थी आन्दोलन किन सुस्ताएको छ भन्ने प्रश्न गर्दै महरले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो । महरले विद्यार्थी संगठनहरूले आफूलाई परिवर्तित सन्दर्भमा अपडेट गर्दै लैजानुपर्ने तर यसको अस्तित्वमाथि नै धावा बोल्नेलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल