२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन



अ+ अ-

काठमाडौं । भूतपूर्व सैनिक सम्मेलनको प्रण– सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ शीर्षकमा मध्यपूर्वी पृतनाअन्तर्गत मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन सञ्चालन भएको छ ।

मुख्य सम्मेलन केन्द्र मध्य पूर्वी पृतना, बर्दिबासमा प्रधानसेनापति अशोकराज सिग्देल र अन्य दुई वटा उपकेन्द्रहरुमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा जारी सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार ५०० अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भूपू सैनिक सम्मेलनबाट सेवारत र अवकाश प्राप्त सैनिकहरू बीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यावहारिक सुझाव सङ्कलन गरी लाभग्राहीलाई शिक्षा, तथा स्वास्थ्यमा सघाउन मद्दत पुग्ने विश्वास जङ्गी अड्डाले व्यक्त गरेको छ ।

सम्मेलनको अवसर पारेर ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र चार जना भूपूका सन्तति तथा नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एक जना अभिभावकलाई सम्मान गरिएको थियो ।

मध्य पूर्वी पृतनाअन्तर्गत नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सम्मेलन भएको हो । हिमाली तथा पहाडी जिल्लामा यही वैशाख ५ गते अर्को सम्मेलन हुनेछ ।