८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

सरकारको साझा प्रतिवद्धता कागजमा मात्र सिमित नहोस्, कार्यान्वयनमा स्रोतको अभाव छः पद्मा अर्याल

सरकारको साझा प्रतिवद्धता कागजमा मात्र सिमित नहोस्, कार्यान्वयनमा स्रोतको अभाव छः पद्मा अर्याल
अ+ अ-

काठमाडौँ। नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले सरकारले ल्याएको साझा प्रतिवद्धता पत्र सकारात्मक भएपनि त्यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

सबै राजनीतिक दलका घोषणापत्रलाई समेटेर साझा प्रतिवद्धता ल्याउनु नयाँ अभ्यास भएपनि स्रोतको सुनिश्चितता बिना यो सफल नहुने उहाँको तर्क छ । उहाँले राज्य बलियो हुनुपर्ने कुरामा एमालेको विमति नरहेको तर अहिलेको आर्थिक अवस्था र प्राविधिक समस्याका कारण सरकारले बोलेका कुरा पूरा गर्नेमा शंका रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीसँगको भेटका सन्दर्भमा अर्यालले आफूहरूले समुदायका मुद्दा र विकासका योजनाबारे ध्यानाकर्षण गराएको बताउनु भयो । सञ्चारकर्मीहरूलाई सूचना लिनबाट रोक लगाइएको भन्ने चर्चाप्रति गम्भीर आपत्ति जनाउँदै अर्यालले लोकतन्त्रमा यस्तो कार्य स्वीकार्य नहुने बताउनु भयो ।

पूर्वमन्त्री अर्यालले भन्नुभयो, ’सबै दलका एजेण्डा समेटेर साझा प्रतिबद्धता ल्याउनु राम्रो कुरा हो, यसका लागि म सरकारलाई धन्यवाद दिन्छु । तर यो कागजमा मात्र सीमित नहोस्। कार्यान्वयनका लागि स्रोत कहाँबाट आउँछ ? राज्यको वर्तमान स्रोतले मात्र यी सबै कुरा भ्याउँदैन । कुन समयमा कसरी गर्ने भन्ने स्पष्ट खाका छैन, उही परम्परागत शैलीमा यो गर्छौँ र त्यो गर्छौँ मात्र भनिएको छ ।

लामो समयदेखि अवरुद्ध भएका विकास निर्माणका काम, राष्ट्रिय गौरवका आयोजना र रणनीतिक महत्त्वका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन हामीले सुझाव दिएका छौँ । यदि सञ्चार जगतलाई सूचनाबाट वञ्चित गरिएको हो भने त्यो बेठीक हो । राज्यको चौथो अङ्गलाई नियन्त्रण गर्न खोज्दा सरकार आफैँलाई अप्ठ्यारो पर्छ । द्वन्द्व बढाउने भन्दा पनि सबैलाई मिलाएर लैजाने बाटो रोज्नु नै सरकारको हितमा हुन्छ ।‘

पार्टीको आन्तरिक जीवनका बारेमा बाहिर आएका हल्लाहरूको खण्डन गर्दै अर्यालले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभपछि मात्र औपचारिक बैठक बस्ने जानकारी दिनुभयो ।

पार्टीभित्र देखिएका केही अस्वाभाविक गतिविधि र अनुशासन उल्लंघनका घटनालाई पार्टीले रोकिसकेको दाबी गर्दै उहाँले सबै नेता–कार्यकर्ता पार्टीको पद्धति र अनुशासनभित्र रहनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल