१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा निःशुल्क सटल बस सेवा शुरु



अ+ अ-

काठमाडौँ। पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ वर्षको अवसरमा निःशुल्क सटल बस सेवा शुरु भएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा शुरु गरिएको हो ।

उक्त सेवाको पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंगलवार औपचारिक रूपमा शुरु गर्नुभयो । पोखरा महानगरपालिकाको पहलमा महानगर यातायात प्रालि, कृषि बिकास बैक, कामना सेवा विकास बैकको सहकार्यमा सेवा शुरु गरिएको हो ।

पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा शुरु गरिएको छ ।

विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्देश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा सञ्चालन हुने भएको आचार्यले बताउनु भयो ।

३२ सिटे इलेक्ट्रिक बस हुनेछ, जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा पनि पाइनेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ ।

पोखरा विमानस्थलमा दैनिक ५ हजार यात्रु ओहोरदोहोर गर्ने गर्छन् । –न्युज एजेन्सी नेपाल