३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास



अ+ अ-

काठमाडौं । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ । हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ ।

राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजवंशीले बताए ।

उनका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानी छ्याप्ने, कादो सिरुवामा हिलो छ्याप्ने र रङ सिरुवामा अबिर दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ । पहिलो दिन पानी सिरुवामा महिलाहरुले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ ।

यसलाई ‘सात सागी’ भनिन्छ । त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ । सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ । औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिँदै आएको छ ।

सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगव्याधि नलागोस् भनेर कामना गरिन्छ । सार्वजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने विशेष प्रचलन छ । सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक परिकार खाने र संस्कृति झल्किने विविध कार्यक्रम गरिन्छ ।

मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको यस समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ । २०७८ को जनगणनाअनुसार राजवंशीको कूल जनसङ्ख्या एक लाख ३२ हजार ५६४ छ ।