१३ श्रावण २०८३, बुधबार
,
Latest
फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिन र इण्डोनेसियाली राष्ट्रपतिबीच मस्कोमा व्यापार र भू–राजनीतिबारे वार्ता



अ+ अ-

काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार मस्कोमा इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग द्विपक्षीय व्यापार र वर्तमान भू–राजनीतिक अवस्थाबारे वार्ता गर्नुभएको छ ।

क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । पुटिनले सन् २०२५ मा रुस–इण्डोनेसिया व्यापार कारोबार १२.५ प्रतिशतले बढेको उल्लेख गर्दै दुवै देशले स्थिर व्यापार गति कायम राख्न समाधान खोज्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

पुटिनकाअनुसार ऊर्जा, अन्तरिक्ष, कृषि र औषधि दुई देशबीचको द्विपक्षीय सहयोगका सबैभन्दा आशाजनक क्षेत्रहरू हुन ।

उहाँले इण्डोनेसिया ब्रिक्सको पूर्ण सदस्य बनेको र यसले यूरेशियन इकोनोमिक युनियनसँगको सहयोग जस्तै सहयोगको अर्को अवसर प्रतिनिधित्व गर्ने बताउनु भयो ।

सुबियान्तोले यति छोटो अवधिमा इण्डोनेसियालाई ब्रिक्समा सामेल हुन मद्दत गरेकोमा रुसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

रुसी ऊर्जा मन्त्री सर्गेई सिसिल्योभका अनुसार रुसले इन्डोनेसियाबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि अनुरोध प्राप्त गरेको छ र पक्षहरूले दीर्घकालीन सम्झौताहरूमा काम सुरु गरिसकेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल