८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण
अ+ अ-

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् ।

बस्तीदेखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकारी निकायबाट प्राप्त अनुदान र श्रमदानको अलावा मेलाबाट भएको आम्दानीलाई पनि परिचालन गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लबको साझेदारीमा दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष विकास पुनले चार किलोमिटर ४०६ मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको उहाँले बताउनुभयो ।

“दोवामा पर्यटक भित्र्याउने र बसाई लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, अध्यक्ष पुनले भन्नुभयो, “ सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”

पुनका अनुसार दोवाका २३ जना स्थानीयवासी करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । बस्तीदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । बडादशैँको अवसरमा मणिबाराही युवा क्लबले आयोजना गरेको मेलाबाट भएको आम्दानी पदमार्ग निर्माणमा सहयोग गरेको हो ।

पदमार्ग अनुगमनमा जानुभएकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भौगोलिक रुपमा विकट र दुर्गम ठाउँमा सरकारले विनियोजन गरेको बजेटमा स्थानीय युवा क्लबबाट रकम थपेर उपभोक्ता समितिले काम गरेकामा प्रशंसा गर्नुभयो ।

परापूर्वकालमा दोवावासीले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रुपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।

बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तीहरुबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

मगर समुदायको बाहुल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । उच्च पहाडी क्षेत्रमा गुराँसे जङ्गल, पहाडी भूगोल, हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । दोवादेखि आइसफल हुँदै मुस्ताङ पदमार्गले जोड्ने जनप्रतिनिधिको लक्ष्य रहेको छ । रासस