८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो
फाइल फोटो
अ+ अ-

बाँके। बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ ।

उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँखेती उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

“खेती गर्ने जग्गाको क्षेत्रफल घटे पनि यस वर्ष गत वर्षभन्दा गहुँ बढी उत्पादन हुने अध्ययनले देखाएको छ”, पाठकले भन्नुभयो, “बीउको प्रतिस्थापन दर बढ्दो भएका कारण र किसानले हाइब्रिड जातको बीउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।”

उहाँका अनुसार बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफल जमिनमा गरिएको गहुँखेतीबाट ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष समयमै बर्सात भइरहेको र कुनै किसिमको रोग तथा कीराको सङ्क्रमण नभएकाले गत वर्षको तुलनामा गहुँको उत्पादन वृद्धि हुने भएको छ ।

समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रम गर्ने गरेका कारण पनि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको पाठकको भनाइ छ ।

बाँके जिल्लाका किसान यतिबेला वर्षभरिको पसिनाको फल सुरक्षित गर्ने निर्णायक घडीमा छन् । गत वर्षभन्दा यो वर्ष बाँकमा गहुँखेती उत्पादन वृद्धि भएको अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो ।

बीउ छरेदेखि स्याहर्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले क्षति पु¥याए पनि समग्रमा यो वर्ष अनुकूल मौसम भएकोले गहुँको उत्पादन बढेको उहाँको भनाइ छ । गहुँको उत्पादन वृद्धि भए पनि खेती गर्ने क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष ०८०÷०८१ मा जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो । तर गत वर्ष भने २० हजार ८९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल अझै घटेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत पाठकले जानकारी दिनुभयो ।

किसानहरूले गहुँखेती गर्ने जग्गामा तोरीखेती, वसन्ते मकै र विभिन्न तरकारीजन्य खेती गर्दा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरण र राप्तीसोनारी गाउँपालिका जङ्गली जनावरको आक्रमणले गर्दा गहुँखेती गर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको उहाँले बताउनुभयो । रासस