८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी
अ अ+ अ-

पाल्पा। पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छc जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली प्राविधिक उपकरणसहित गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन् । केही दिन यता जिल्लाको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । क्षयरोगका बिरामीलाई छिटोछरितो पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

“सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्या यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको छ । त्यसका लागि डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ । यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ”, शाखा प्रमुख ढकालले भन्नुभयो ।

पालिकाको  वडा नं ५ वीरकोट स्वास्थ्य चौकी र वडा नं १  सिलुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी शङ्कास्पद बिरामीको परीक्षण गरिएको छ । विरकोटमा एक सय ८७  जनाको परिक्षण गरिएकामा ३४ जना शङ्कास्पद बिरामी भेटिएको र एक जनाको तत्कालै उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । यस्तै, सिलुवामा दुई सय ८० जनाको परीक्षण गरिएकामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका र तीन जनाको तत्कालै उपचार सुरु गरिएको छ । यहाँ भेटिएका शङ्कास्पद क्षयरोगीको थप अवस्था परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ ।

एआई  प्रविधिले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउने गरेको प्राविधिक साझेदार विएनएमटी  नेपाल पाल्पा परियोजनाका संयोजक सुदीप पौडेलले बताउनुभयो ।

अरु एक्सरे मेसिनभन्दा एआई प्रविधिले बिरामी पत्ता लगाउन सजिलो भएको यशोधरा आधारभूत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमूल्यकुमार पाठकले बताउनुभयो । पालिकाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा गाउँगाउँ पुगेर क्षयरोगका बिरामी खोज्ने र समयमै उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन लागिएको वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार पल्लीले बताउनुभयो ।  रासस