८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कीर्तिमान बनेको दिन आर्मी र सुदूरपश्चिम प्रदेश फाइनलमा

कीर्तिमान बनेको दिन आर्मी र सुदूरपश्चिम प्रदेश फाइनलमा
अ अ+ अ-

काठमाडौँ।  आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लवले मधेस प्रदेशलाई हराएसँगै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा पुगेको छ ।

त्रिभूवन आर्मी क्लव यसअघि नै फाइनलमा पुगिसकेको थियो । यो खेलअघि मधेश र सुदूरपश्चिम प्रदेशको मात्र शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सम्भावना देखिन्थ्यो । तर मधेसले आफ्नो आठौं खेलमा सोवबार एपिएफसँग ७४ रनको हार व्यहो¥यौं । यससँगै मधेस एक खेलअगावै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिएको हो ।

कप्तान विनोद भण्डारीको शतकमा आर्मीले कोशी प्रदेशलाई १८५ रनले हरायो । यो जितसँगै आर्मी शिर्ष स्थानमा रहेर सुदूरपश्चिमसँग फाइनलमा खेल्ने समीकरण पूरा भएको हो । अपराजित आर्मी र सुदूरपश्चिमले आगामी शुक्रवार उपाधिका लागि खेल्नेछ । प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिम विभाग बाहिरको पहिलो टोली हो ।

वीरगञ्जमा एपिएफ र मधेस तथा जनकपुरमा आर्मी र कोशीबीचको खेलमा रनको वर्षा नै भयो । आर्मी र एपिएफ दुवैले ३६० रनभन्दा माथिको लक्ष्य दियो । वीरगञ्जमा ओपनर आसिफले दोहोरो शतक पूरा गर्दै कीर्तिमान बनाए । नारायणी क्रिकेट मैदानमा एपिएफले ३९१ रनको चुनौतीपूर्ण लक्ष्य बनायो ।

जवाफी ब्याटिङ गरेको मधेसले पूरै ओभरमा आठ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । तेस्रो ओभरमै ओपनर मायन यादव आउट भएपछि मधेशको सुरुआत राम्रो हुन सकेन । अर्का ओपनर मोहम्मद समीर २३ रन र कप्तान अनिल साह २९ रनमा आउट भएपछि मधेस दबाबमा पर्यो।

मध्य क्रमका ब्याटर मोहम्मद आदिल आलम र अरनिको यादवको अर्धशतक बनाउँदै इनिङ समाले ।   आलमले ८७ रन जोड्दा ४३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे । अरनिकोले ८७ रन बनाए ।

उनको इनिङमा आठ चौका र ६ छक्का रह्यो । रूपेश सिंह ६ र विशाल सुस्लिङ ३९ रनमा आउट भए । एपिएफको बलिङमा अभिषेक गौतमले तीन, कमलसिंह ऐरीले दुई तथा भुवन कार्की, युवराज खत्री र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले पूरै ओभरमा चार विकेट गुमाएर तीन सय ९० रनको विशाल योगफल बनाएको थियो । यो यस प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो । ओपनर आसिफ २०८ रनमा अविजित रहे । उनले १४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार गरे ।

आसिफले दोहोरो शतक पूरा गर्न १३७ बल खेले । दोहोरो शतक बनाएपछि उनी रिटायर्ट आउट भए । कप्तान रोहित पौडेलले प्रतियोगिताको अन्तिम खेलमा पहिलो अर्धशतक प्रहार गरे ।

उनले ७३ बलमा ५५ रन जोडे । सन्दीप जोरा ४२ बलमा ५६ रन जोडेपछि एपिएफ झन्ड चार सय रनको योगफल नजिक पुगेको हो । दीपक बोहोरा १३ रनमा आउट हुँदा लोकेश बम २१ रनमा अविजित रहे ।

मधेसको बलिङमा रूपेशले तीन तथा रञ्जित कुमारले एक विकेट लिए । लिगको नवौं खेलबाट एपिएफले ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ । मधेशको भने आठ खेलबाट ९ अंक छ । मधेस अन्तिम खेलमा नेपाल पुलिस क्लवसँग खेल्दै छ ।

विनोदको कीर्तिमानी शतक, आर्मी शिर्षमा 

कप्तान विनोद भण्डारीको कीर्तिमानी शतकमा आर्मीले प्रधानमन्त्री कपमा सातौं जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ ।

दुई खेलअघि नै फाइनलमा पुगेको आर्मी कोशीमाथि रबाफिलो जितसँगै लिगको शिर्ष स्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । आर्मीको फराकिलो जितमा कप्तान विनोदले १८९ रनको उत्कृष्ट इनिङ खेले ।

उनले लगातार दोस्रो शतक प्रहार गरे । यसअघि आफ्नो गृह टोली सुदूरपश्चिम प्रदेशविरुद्ध पनि विनोदले शतक बनाएका थिए । प्रधानमन्त्री कपमा उनको सर्वाधिक पाँचौ शतक हो । एपिएफका आसिफले चार शतक र अर्जुन कुमाल तीन शतक बनाएका छन् । यस संस्करणमा अर्जुन, आसिफ र विनोद सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष तीन स्थानमा छन् । अर्जुनले ४९८ रन, आसिफले ४५७ र विनोदले ४०२ रन बटुलेका छन् ।

रामजानकी क्रिकेट मैदानमा आर्मीले ३६३ रनको चुनौतीपूर्ण लक्ष्य दियो । तर, त्यो लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रनमा नै अलआउट भयो । यससँगै आठौं खेलसम्म आर्मी अपराजित रहँदा कोसी नवौं खेलमा पनि जितविहीन हुँदै यस संस्करणबाट बाहिरियो ।

कोसीका प्रभात राईले ३८ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो । शिवान्स बजगाईं ३७, कप्तान सुजन थपलिया ३० र आशिष मगर २५ रनमा आउट भए ।

आर्मीको बलिङमा आकाश चन्दले तीन, बसिर अहमदले दुई तथा शाहब आलम, पवन कार्की र नरेन साउदले समान एक विकेट लिए । पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभरमा ८ विकेट गुमाएर ३६२ रनको विशाल योगफल बनाएको थियो ।

कप्तान विनोदले १८९ रनको शतकीय इनिङ खेले । उनले १५० बलको सामना गर्दै २१ चौका र पाँच छक्का प्रहार गरे । विनोदले शतक पूरा गर्न ९१ बल लगाए । भीम सार्कीले ६५ बलमा ८० रन जोड्दै विनोदलाई साथ दिए ।

ओपनर तृतराज दास ३३ र अर्जुन साउद ३१ रनमा आउट भए । कोशीको बलिङमा विपिन महतोले तीन तथा दीपेश कँडेल, रोसन शाह र आशिष मगरले समान एक विकेट लिए । –न्युज एजेन्सी नेपाल