१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग



अ+ अ-

काठमाडौँ। दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न सरकारसँग माग गरेको छ ।

सङ्घले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई भेटघाट गर्दै बजेट निर्माण गर्दा दलित महिलाका सामाजिक, आर्थिक तथा अधिकारसम्बन्धी सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

फेडोका महासचिव रेनु सिजापतिले दलित महिलालाई उद्यमी बनाउने उद्देश्यले दीर्घकालीन सीपमूलक तालिम तथा अनुदानको व्यवस्था गर्नुका साथै मन्त्रालयअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रममा दलित महिला तथा किशोरीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको बताउनुभयो ।

यसैगरी हिंसामा परेका तथा वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सुरक्षित आवास र रोजगारीमुखी तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । बालविवाह, छुवाछूत, बलात्कार जस्ता हानिकारक अभ्यासविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि फेडोले जोड दिइएको छ ।

“यसका साथै प्रदेशस्तरमा दलित तथा सीमान्तकृत बालबालिकाको सञ्जाल गठन, नागरिकता वितरणमा सहजता, सेवा सुविधाको अध्ययन तथा अनुगमन र दलित महिलाको तथ्याङ्क सङ्कलन गर्नुपर्ने मागसमेत राखिएको छ”, महासचिव सिजापतिले भन्नुभयो,“नीति, बजेट तथा कार्यक्रममा दलित महिलाको सहभागिता अनिवार्य गर्दै लैङ्गिक तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न पनि मन्त्री वादीमार्फत सरकारसँग आग्रह गरेको छौँ ।” रासस