२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्ययोजना समीक्षा गर्दै राष्ट्रियसभा समिति: बाँकी काम असारभित्रै सक्ने निर्णय



अ+ अ-

काठमाडाैँ ।राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा आज बसेको बैठकले साउनदेखि चैत मसान्तसम्म भएका काम कारबाहीबारे समीक्षा गरिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।

बैठकले समितिले बाँकी काम असार मसान्तसम्म सक्ने गरी कार्ययोजना स्वीकृत गरेको छ । यस्तै, प्रि–बजेट छलफललाई अगाडि बढाउने, सरकारले अगाडि सारेको सुशासनसम्बन्धी कार्यसूची परिणाम निकाल्ने गरी ‘फ्लोअप’ गर्ने निर्णय गरिएको छ ।

समितिले बजेट कार्यान्वयन भए/नभएकाबारे अध्ययनका साथै अनुगमन मूल्याङ्कन र निर्णयको कार्ययोजना बनाएर समीक्षा गर्ने निर्णय गरेको सचिव डा पाण्डेले बताए। बैठकमा बजेट, सुशासन, निर्णय कार्यान्वयनलगायत २४ वटा विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए।