३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः सत्तापक्ष उदार हुन नसकेको आरोप

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः सत्तापक्ष उदार हुन नसकेको आरोप
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सञ्चालनका लागि नयाँ नियमावली तयार पार्न गठित मस्यौदा समितिभित्र सहमति जुट्न नसकेको बताइएको छ। समितिका सदस्य तथा नेकपा (एमाले) सांसद ऐन महरले सत्तापक्ष सहमतिभन्दा संख्यात्मक बलमा अघि बढ्न खोजेको आरोप लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा गठन भएको समितिले नियमावली पुनरावलोकनको काम गरिरहेको छ। महरका अनुसार करिब ५० प्रतिशत विषयमा सहमति भइसके पनि बाँकी विषयमा मतभेद कायमै छ।

उनले संसदलाई थप लोकतान्त्रिक, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यसहित छलफल भइरहेको बताए। तर, प्रारम्भिक सहमतिविपरीत सत्तापक्ष व्यवहारमा उदार नदेखिएको उनको भनाइ छ।

महरले विशेषगरी शून्य समय, विशेष समय र आकस्मिक समयलाई व्यवस्थित बनाउने प्रस्तावमा विवाद देखिएको बताए। हाल शून्य समयमा सांसदलाई एक मिनेट मात्र बोल्न दिइने व्यवस्था अपर्याप्त भएको भन्दै समय बढाउनुपर्ने माग प्रतिपक्षको छ। यस्तै, आकस्मिक समय प्रयोग गर्न पूर्वअनुमतिको प्रावधान हटाउनुपर्ने प्रस्तावमा पनि सहमति जुट्न सकेको छैन।

उनले सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिमा तत्काल जवाफ दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

महरका अनुसार संसद केवल विधेयक पारित गर्ने थलो नभई जनताको भावना र माग व्यक्त गर्ने सर्वोच्च राजनीतिक मञ्च हो। “संख्याको बलमा संसद चलाउन खोजिए प्रतिपक्षले सशक्त प्रतिवाद गर्छ,” उनले चेतावनी दिए।

समितिले हाल विद्यमान २०७९ सालको नियमावलीलाई आधार बनाएर पुनरावलोकन गरिरहेको छ भने सहमति नजुटेका विषयलाई थाती राख्दै छलफल अगाडि बढाइएको जनाएको छ।