१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई



अ+ अ-

सिरहा। नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो ।

उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहलेश युवा क्लब सिरहाले नगद दुई लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उदयपुरका पुजन चौधरी घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट गोलरक्षक, डिफेन्डर तथा सर्वाधिक गोलकर्तालगायत खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका प्रतिष्ठित आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस