१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि २१औँ फेवा नववर्ष महोत्सव सुरु



अ+ अ-

गण्डकी। होटेल सङ्घ पोखराको आयोजनामा आजदेखि पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ ।

पर्यटन, संस्कृति र खानालाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ सङ्घले बर्सेनि फेवा नववर्ष महोत्सव गर्दै आएको छ ।

महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा आज साँझ सांस्कृति प्रस्तुति र पञ्चैबाजाको रमाइलो रहने तथा पप कन्सर्टका कार्यक्रम पनि समेटिएकाछन् ।

सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उहाँले जानकारी दिनुभयो । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा सञ्चालन हुँदै आउनु यसको सफलता भएको बताउनुभयो । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महोत्वपूर्ण सहर रहेको भन्दै उहाँले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।

महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतिले नेपाली एकता झल्किएको उल्लेख गर्दै उहाँले पोखरालाई सुरक्षित र सुन्दर सहरको रूपमा निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिनुपर्ने बताउनुभयो । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनियाँ पर्यटकले ठूलो योगदान दिन सक्ने उहाँको भनाइ छ ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेकाछन् । ई-सेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक हुने अफर पनि ई-सेवाले अगाडि सारेको छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केबलकार लि, ई-सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् भने इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन् ।