८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह

अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
अ अ+ अ-

पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।

वार्ताको मध्यस्थकर्ता पाकिस्तानले वार्ताका लागि दुबै पक्षबिच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तब्य भएको युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको बताएको छ।

पाकिस्तानका विदेश मन्त्री इशाक दारले भन्नुभयो, “दुई पक्षहरूले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ।“

उहाँले भन्नुभयो, “इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ।”

मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली सङ्घका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताउनुभएको छ।

पाकिस्तानले आयोजना गरेको अमेरिका–इरान वार्ता असफल भएको उल्लेख गर्दै प्रवक्ता अल अनौनीले भन्नुभयो, “हामी पाकिस्तानलाई मध्यस्थताको प्रयासका लागि सलाम गर्छौं र ब्रसेल्सले आफ्ना साझेदारहरूसँगको समन्वयमा समाधानमा पुग्न थप प्रयासमा योगदान गर्नेछ।”

रूसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताउनुभएको हो ।

“रूसी नेता पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधानको खोजीलाई अझ सहज बनाउन र मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिनुभएको छ,” क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बेलायतले पाकिस्तानमा वार्ताका लागि भेटवार्ताको पहलकदमीका लागि पाकिस्तानी सरकारको प्रशंसा गरेको छ तर वार्ता निष्कर्षविहिन अवस्थामा प्रतिनिधिमण्डल विभक्त हुनुले निराश बनाएको बताएको छ।

बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्यूजसँग भन्नुभएको छ, “हामीले वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्धको अन्त्य नहुनु निराशाजनक हो।”

“कूटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईं असफल भएको मानिन्छ । सबै वार्ताहरू सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन,” उहाँले थप्नुभयो ।

अष्ट्रेलियाले थप वार्ताको आग्रह गरेको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु हो।”  (रासस/एएफपी)