८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुदूरपश्चिमको फाइनलमा सम्भावना बलियो

सुदूरपश्चिमको फाइनलमा सम्भावना बलियो
अ अ+ अ-

 काठमाडौँ। शिर्ष दुई स्थानमा रहन जित्नैपर्ने खेलमा सुदूरपश्चिम प्रदेशले सफलता निकाल्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जनकपुरमा आईतवार भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५६ रनको जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नारायण जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम लिगको अन्तिम खेलमा जितसँगै लिगको दोस्रो स्थानमा उक्लियो । सुदूरपश्चिमले पुलिसलाई हराएसँगै शीर्ष स्थानको आर्मी दुई खेलअगावै फाइनलमा पुगेको छ । यो हारसँगै शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने पुलिसको सम्भावना

एक खेलअगावै समाप्त भएको छ । पुलिसले लिगको अन्तिम खेलमा मधेस प्रदेशसँग खेल्नेछ । यो खेलमा जितले पनि पुलिसलाई शिर्ष दुई स्थानमा पुग्न पर्याप्त हुने छैन । सात खेलबाट आर्मीको १३ अंकसहित शीर्ष स्थानमा छ ।

९ खेलबाट सुदूरपश्चिम १२ अंक जोड्दै दोस्रो स्थानमा र आठ खेलबाट पुलिसको ९ अंक छ । लिगमा दुई खेल खेल्ने बाँकी मधेशको मात्र फाइनलमा पुग्ने सम्भावना छ । सात खेलबाट ९ अंक जोड्दै मधेश चौथो स्थानमा छ ।

बाँकी दुई खेलमा जित निकाल्दा मधेश फाइनलमा पुग्नेछ । रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ९१ रनको सामान्य लक्ष्य दियो । तर, खराब ब्याटिङ सामना गरेको पुलिसले त्यो लक्ष्य भेट्टाउन सकेन । पुलिस ३५.१ ओभरमा १३५ रनमै अलआउट भयो । शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भएपछि पुलिस पराजित हुन पुग्यो । आठौं नम्बरका ब्याटर गुलसन झाले ५० रनको अर्धशतकीय इनिङ खेले । तर, त्यो जितका लागि पर्याप्त भएन ।

राष्ट्रिय टोलीका सदस्यको बाहुल्यता रहेको पुलिस पहिलोपल्ट प्रदेशका टोलीसँग पराजित हुन पुग्यो । कप्तान आरिफ शेख, दिलशाद अली र अमित श्रेष्ठले समान १९ रनमा आउट भए । लयमा रहेका ओपनर दिनेश खरेल र शंकर राना पनि समान १० रनमै पभेलियन फर्किए । अनुभवी ब्याटर कुशल भुर्तेलले पनि खाता नै खोल्न सकेनन् ।

९९ रन जोड्दा पुलिसले ८ विकेट गुमाइसकेको थियो । पुछारका ब्याटर गुलसनले इनिङ समाले पनि जित दिलाउन सकेनन् । उनले ६४ बलमा एक चौका र पाँच छक्का प्रहार गरे । सुदूरपश्चिमका कप्तान शेर मल्ल र हेमन्त धामीले समान तीन तथा नारायण जोशी, अशोक धामी र खडक बोहोराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भयो । तर, बलिङमा साथ पाएपछि सुदूरपश्चिमका लागि यो योगफल पर्याप्त भयो । सुदूरपश्चिमको पनि सुरुआत राम्रो हुन सकेन । १११ रनमा सुदूरपश्चिमका सात ब्याटर आउट भइसकेका थिए । तर, नारायण जोशीले ८२ रनको अर्धशतक बनाउँदै इनिङ समाले । उनले ८० बलमा सात चौका र ६ छक्का प्रहार गरे । अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् ।

खडक बोहोरा २२, हेमन्त धामी २०, किरण ठगुन्ना १७ तथा अशोक धामी १८ रनमा आउट भए । पुलिसको बलिङमा दिनेश खरेलले चार तथा सागर ढकालको नाममा तीन विकेट रह्यो । कुशल भुर्तेलले दुई तथा गुलसन झाले एक विकेट लिए ।

अर्जुनको दोस्रो शतक

उत्कृष्ट लयमा रहेका ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

वीरगञ्जमा आइतबार भएको गण्डकीले लुम्बिनी प्रदेशमाथि आठ विकेटको फराकिलो जित निकाल्दै युवा ब्याटर अर्जुनले अर्को शतक पूरा गरे । जारी प्रतियोगितामा अर्जुनको यो दोस्रो शतक हो । यसअघि उनले कोशी प्रदेशविरुद्ध पनि शतक पूरा गरेका थिए ।

लुम्बिनीविरुद्ध पनि उनले शतक पूरा गरे । अर्जुन १०३ रनमा अविजित रहे । प्रधानमन्त्री कपको एकै संस्करणमा दुई शतक पूरा गर्ने उनी दोस्रो ब्याटर बने । यसअघि आर्मीका विनोद भण्डारीले पनि एकै संस्करणमा दुई वटा शतक बनाएका छन् । साथै सर्वाधिक रन बटुल्ने सूचीको शीर्ष स्थानमा रहेका अर्जुनले ४९८ रन जोडेका छन् ।

एकै संस्करणमा चार सय रन पूरा गर्ने उनी पहिलो ब्याटर बने । अब गण्डकीले अन्तिम खेल कर्णाली प्रदेशसँग खेल्नेछ । यो खेलमा २ रन जोडे अर्जुनले पाँच सय रनको आँकडा पनि भेटाउनेछन् ।

उनको उत्कृष्ट प्रदर्शन भए पनि गण्डकी भने यसअघि नै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिसकेको थियो । हारपछि लुम्बिनीको पनि शीर्ष दुई स्थानमा पुग्ने सम्भावना सकिएको छ । नारायणी क्रिकेट मैदानमा गण्डकीले २०८ रनको मध्यम लक्ष्य दियो । तर, गण्डकीले ४४.१ ओभरमै मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । अर्जुनले पहिलो विकेटका लागि सिबरिन श्रेष्ठसँग ९५ रन र दोस्रो विकेटका लागि मुस्कान थापासँग ५२ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । अर्जुनले १३० बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

सिबरिनले ७७ बलमा ४३ रन बनाए । दीपक डुम्रे २५ रनमा अविजित रहँदा मुस्कान २३ रनमा आउट भए । लुम्बिनीको बलिङमा लागि दिनेश बोहोरा र सन्तोष यादवले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा २०७ रनको सामान्य योगफलमा नै अलआउट भयो । शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भए । एक समय लुम्बिनी ६९÷६ को नाजुक अवस्थामा थियो । तर, तल्लो क्रमका ब्याटर सन्तोष यादव ८२ रन र सलाउद्दिन खानले ६० जोड्दै इनिङ समाले । सन्तोषले ७७ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यी दुईबीच सातौं विकेटका लागि १२१ रनको बलियो साझेदारी बन्यो ।

सलाउद्दिनले ७७ बलमा ९ चौका प्रहार गरे ।  दिनेश बोहोरा २०, कप्तान देव खनाल १४ र दर्श सुनार १० रनमा नै आउट भए । गण्डकीको बलिङमा कप्तान विपिन खत्रीले चार, अपराजित पौडेलले तीन, सिबरिनले दुई तथा विश्व कार्कीले एक विकेट लिए । जितसँगै गण्डकी आठ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ ।

जितसँगै गण्डकीले शीर्ष ६ स्थानमा रहेर आगामी संस्करणको जय ट्रफी खेल्ने सम्भावना कायमै राखेको छ । लिग चरणको अन्तिम खेलमा गण्डकीले कर्णाली प्रदेशसँग खेल्नेछ । जय ट्रफीमा छनोटको सम्भावना भने कायमै छ । –न्युज एजेन्सी नेपाल