८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै
अ अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्ड मर्मतका लागि आजदेखि समुदायस्तरबाट श्रमदान अभियान सञ्चालन गरिएको छ ।

पोखरेबगर-घोडेपानी सडकको लुलीया घुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले स्वतःस्फूर्त रूपमा श्रमदान गरेर मर्मत थालेका हुन् ।

आज पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ७८ जना श्रमदानमा सहभागी भएका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण गरिएको छ भने १५ मिटर दूरीमा ढुङ्गा बिछ्याएर सोलिङ बनाइएको छ । थप कामका लागि सोमबार पनि श्रमदान अभियानलाई निरन्तरता दिइने क्लबका अध्यक्ष खड्काले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो । सडक मर्मतका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार सहयोग प्राप्त भएको छ भने यातायात व्यावसायीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

लुलिया घुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको छ । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलिया घुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने र दुर्घटना हुने समस्या बढेको स्थानीय बताउँछन् ।

सङ्घीय सरकारले बजेट विनियोजन गरेको आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

“लुलिया घुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपनि कार्यालयले बेवास्ता गर्दा दीर्घकालीन समाधानका लागि रु तीन करोड बजेट विनियोजन भएको उक्त आयोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको हो ।”

घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाँटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी-उल्लेरी हुँदै घोडेपानी जोड्ने सडकअन्तर्गत नयाँ मार्ग खोलेपछि भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ । लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ । रासस