१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड



अ+ अ-

काठमाडौँ। ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ ।

आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ ।

यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ ।

साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ ।

वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विकासमा जोड दिएको छ । रासस