८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश

भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश
अ अ+ अ-

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ।

शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठमाडौँका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडी युमी, फोफोना, पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पीतर, जेन जिदे र मदन स्याङत्नले गोल गरेका थिए ।

शनिबारको खेलमा ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङ घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार तामाङलाई नगद रु पाँच पुरस्कार प्रदान गरिएको छ ।

उपाधिका लागि भोलि पथरी–११ फुटबल क्लब मोरङ र आरटी एफसी मलेसियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु दुई लाखसहित ट्रफी हात पार्नेछन् । रासस