२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान सुरु



अ+ अ-

भक्तपुर। आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ ।

बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो ।

प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुर थिमि नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता 

नगरपालिकाले आजदेखि शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा बिक्री केन्द्रको उदघाटन् गरी सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सात वटा स्टल सञ्चालनमा ल्याएको हो ।

त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको सहभागिता  रहेको छ ।रासस