८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल
अ अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका समस्या बुझेर समाधान गर्ने उद्देश्यले किसानसँग छलफल गर्नुभएको छ ।

नेपालमा उत्पादन हुने माछा, बजार व्यवस्थापन, किसानले भोग्दै आएका समस्यालगायत विषयका बारेमा जानकारी दिई समाधान गर्ने उद्देश्यले आज मन्त्रालयमा मन्त्री चौधरी र किसानबीच छलफल भएको हो ।

छलफलका क्रममा किसानले मन्त्री चौधरीसमक्ष मत्स्यपालक किसानका समस्या समाधानका प्रभावकारी कदन चाल्न तथा उचित बजार व्यवस्थापनको माग गरेका छन् । माछापालनलाई उद्योगभन्दा कृषि क्षेत्रअन्तर्गत वर्गीकरण गर्नुपर्ने, माछाका भुरा (फिङ्गरलिङ) आयात प्रक्रियालाई सरल र करमुक्त बनाउनुपर्ने, देशभर गुणस्तरीय ह्याचरी (भ्रुणसहितको अण्डालाई निश्चित तापक्रम व्यवस्था गरी चल्ला कोरल्ने यन्त्रमा राखी चल्ला कोरल्ने स्थान) स्थापना गर्नुपर्नेलगायत माग राखेका छन् ।

उत्पादन लागतका आधारमा माछाको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रत्येक वर्ष कम्तीमा १० प्रतिशतले वृद्धि सुनिश्चित गर्नुपर्ने, बिक्री गरिएको उत्पादनको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग किसानले राखेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपाल मत्स्य विकास सङ्घले खुला सीमाका कारण भइरहेको अवैध माछा आयातले स्वदेशी उत्पादनमा गम्भीर असर परेको उल्लेख गर्दै चोरी तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयको नेतृत्वमा केन्द्रदेखि स्थानीय तहसम्म स्थायी संयन्त्र गठन गर्नुपर्ने माग गरिएको जनाएको छ ।

हाल नेपालमा वार्षिक करिब एक लाख २५ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । यसमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा पोखरी (एक्वाकल्चर) प्रणालीबाट प्राप्त हुने गरेको छ ।

मत्स्य व्यवसायमा संलग्न किसानको सङ्ख्या बढ्दो क्रममा रहेको र यस क्षेत्रले पाँच लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको सङ्घले जनाएको छ । रासस