८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ।  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरको भन्दै नेपाली काँग्रेसका नेताहरुको आलोचना गरिएको छ ।

काँग्रेसद्वारा गठित सो आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रवार काठमाडौंमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै काँग्रेसका शुभेच्छुक संस्था डमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) अध्यक्ष सीताराम केसी, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठलगायतले सो प्रतिवेदन अस्वीकार गर्दै अघि बढ्न काँग्रेस नेतृत्वलाई सुझाव दिएका हुन् ।

डिएलएका अध्यक्ष केसीले दिइएको म्यान्डेट अनुसार सो प्रतिवेदन  आयोगले नल्याएकाले त्यसलाई काँग्रेसले ठाडै अस्विकार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो जाँचबुझ आयोग ऐन २०२६ ले गठन भएको ऐन यतिखेर २०२६ सालको ऐन, जसले हरेक घटना हुँदाखेरी सरकारका नजिकमा मान्छेहरु राखेर आयोग गठन गरिदिने र त्यही अनुसार प्रतिवेदन आउने हिजाको परम्परा पनि थियो । यो परम्परा यसपाली पनि दोहोरिएको हो भन्न हामीले अप्ठयारो मान्नुपर्छ जस्तो लाग्दैन भन्ने मलाई लाग्दछ । खासगरी आयोगको काम भनेको २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न प्रदर्शनको क्रममा भएका भौतिक तथा मानवीय क्षतिको एकीन गरी घटनाको एकीन गरी सोको रायसुझावसहितको प्रतिवेदन पेश गर्ने, भौतिक तथा मानवीय क्षतिसँग सूचना संकलन गरी विश्लेषण गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि उपाय सुझाव पेश गर्ने । र फेरि व्यक्ति वा समूहले अपराधिक मनसायका साथ सुनियोजित तथा संगठित तरिकाले गरेको हिंसाको भदभाव, पूर्वाग्रहरहित ढंगले छानविन गरी प्रतिवेदन पेश गर्ने । नेपाली काँग्रेसले टिओआर अनुसार नआएको प्रतिवेदन मान्नु हुँदैन जस्तो मलाई लाग्दछ । नमाने हुन्छ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले नेताहरुले सो प्रतिवेदन मान्दैनौ भन्ने आँट नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सोही प्रतिवेदनको आधारमा कुनै दाग नलागेका नेताहरुलाई सरकारले फसाउने षडयन्त्र गरिरहेको भन्दै काँग्रेस नेताहरुलाई सचेत हुन पनि आग्रह गर्नुभयो ।

चिकित्सक श्रेष्ठले भन्नुभयो,‘यो आयोग गलत मनशायका साथ ल्याएको प्रतिवेदन हामी मान्दैनौ भनेर पनि हाम्रा नेताहरुले भन्न नसक्ने । त्यसकारण अहिले हामी सबैले के भन्नुपर्छ भने पार्टीले प्रजातन्त्रको रक्षाका लागि, विधिको शासनको लागि जे गर्न पनि तयार छौ । हिजो पनि लडेको नै हो । त्यसकारण अहिले यसलाई कुनै पनि हालतमा मान्नु हुँदैन । हिजो गिरिजा बाबुले जनमत अन्त हुँदा पनि संसद पुनस्थापना हुुनुपर्छ भन्दा आखिर भयो नि । पार्टीका लिडरहरु दह्रो हुने बेला आएको छ । यस्तै हो भने होली कुनै गल्ती नगरेका नेताहरुलाई फसाउने काम हुन्छ । यो प्रतिवेदन सरकारले सार्वजनिक पनि गरेको छैन । यसलाई मानेर जान हुँदैन । यो आयोगको शुरुवात नै गलत मनशायको छ । यसको परिणाम सही होइन, मान्न सकिँदैन । यो आयोगको प्रतिवेदन मान्य छैन भनेर जानु पर्दछ ।’

कार्यक्रममा सहभागी वक्ताहरुले काँग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि  अउल्याएका थिए । –न्युज एजेन्सी नेपाल