८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ
अ अ+ अ-

जेरुसलेम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट बिहीबार इरान समर्थित हेजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताउनुभएको छ।

“हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,“ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व्यक्तिगत अकाउन्टमा जारी सन्देशमा भनिएको छ।

“ हाम्रो सन्देश स्पष्ट छ, जसले इजरायली नागरिकविरुद्ध कुनै गतिविधि गर्छ, हामी उनीहरूलाई आक्रमण गर्नेछौँ। हामी इजरायलको उत्तरी भागमा रहेका बासिन्दाहरूलाई पूर्ण रूपमा सुरक्षा बहाल गर्दैनौँ, तबसम्म हामी आवश्यक पर्ने ठाउँमा हिजबुल्लाहमाथि आक्रमण जारी राख्नेछौँ।

यसैबीच, इजरायली सेनाले सैनिकहरू मार्चको सुरुदेखि नै हेजबुल्लाहसँग लडिरहेका र उक्त क्षेत्रमा नियन्त्रण कायम गरिरहेको बताएको छ । सेनाले दक्षिणी लेबनानमा स्थलगत कारबाही जारी राखेको बताएको छ ।

एक छुट्टै विज्ञप्तिमा इजरायलले ‘हिजबुल्लाह समूहका आतङ्ककारी लडाकू र कमान्डरहरूले लेबनानको लितानी नदीको उत्तरबाट दक्षिणसम्म आवागमनका लागि प्रयोग गर्ने दुई प्रमुख सीमाहरूमा रातभर आक्रमण गरेको जनाएको छ। इजरायली सेनाले लेबनानी सशस्त्र समूहसँग सम्बन्धित करिब १० वटा हतियार भण्डारण सुविधा, लन्चर र कमान्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ ।

लेबनानमा बुधबार इजरायली आक्रमणमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै एक हजारभन्दा बढी घाइते भएका लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लेबनानका प्रधानमन्त्रीको कार्यालयले ‘सयौँ निर्दोष र निरीह नागरिकलाई लक्षित गरी इजरायली आक्रमणका सहिद र घाइतेहरूका लागि बिहीबार राष्ट्रिय शोकको दिन’ घोषणा गरेको छ।

सरकारले सार्वजनिक प्रशासन बन्द गर्न र झण्डा आधा झुकाउन निर्देशन दिएको छ।

हिजबुल्लाहले बिहीबार नै अमेरिका–इरान युद्धविरामको उल्लङ्घन भन्दै इजरायलतर्फ रकेट प्रहार गरेको बताएको थियो ।

संयुक्तराज्य अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम र वार्ताका लागि सहमति भएको, यस क्षेत्रमा हजारौँको ज्यान लिएको छ र विश्व अर्थतन्त्रलाई सङ्कटमा धकेलेको छ। (रासस/एएफपी)