८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

छोटो अवधिमा पाक्ने धानको खोजी

छोटो अवधिमा पाक्ने धानको खोजी
तस्बिर : विजयकुमार साह
अ अ+ अ-

धनुषा। धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ ।

‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानसँगको सहकार्यमा यो परीक्षण अघि बढाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की वरिष्ठ वैज्ञानिक डा पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छिटो पाक्ने र उत्पादन क्षमता बढी हुने धानका जातको खोजी तथा परीक्षण थालिएको हो । “परीक्षण सफल भए उत्पादन वृद्धि मात्र होइन, समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्छ”, उहाँले बताउनुभयो ।

वरिष्ठ वैज्ञानिक डा सिंहका अनुसार किसानको अनुभवलाई अनुसन्धानसँग जोड्न बटेश्वरमा प्रत्यक्ष खेतमै धानका बिरुवा रोपिएको छ । परीक्षणमा सहभागी किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर तिनको वृद्धि, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गरिरहेका छन् । किसानका अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उपयुक्त जात छनोट गरिने व्यवस्था गरिएको छ ।

अनुसन्धान कार्यक्रम हर्दिनाथका सूचना अधिकारी तथा वरिष्ठ प्राविधिक रवेन्द्रप्रसाद साहले हालसम्म छोटो अवधिमा उत्पादन दिने धानमध्ये ‘हर्दिनाथ–१’ प्रमुख जात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जात करिब १०५ दिनमै पाक्ने गर्दछ । “यसभन्दा कम अवधिमा तयार हुने धानको पहिचान गर्ने लक्ष्यका साथ परीक्षण अघि बढाइएको हो”, उहाँले भन्नुभयो ।

अनुसन्धान केन्द्रको परिसरका साथै चयन गरिएका किसानका खेतमा समेत विभिन्न धानका जात रोपेर परीक्षण भइरहेको छ । यसले प्रयोगशालामा सीमित अनुसन्धानलाई खेतसम्म विस्तार गर्दै किसानको व्यावहारिक अनुभवलाई अनुसन्धान प्रक्रियामा समेट्ने काम गर्ने विश्वास गरिएको सूचना अधिकारी साहको भनाइ छ ।

स्थानीय हावापानी अनुकूल, कम पानीमै उत्पादन दिन सक्ने तथा जलवायु परिवर्तनसँग अनुकूलित धानका जात पहिचान गर्न यस परीक्षणले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, विशेषगरी चैते धानको उत्पादन वृद्धि गर्न जोड दिइएको उल्लेख गर्दै सूचना अधिकारी साहले यसले वर्षभरि धान उत्पादन प्रणाली सुदृढ बनाउने, खाद्य सुरक्षामा टेवा पु¥याउने तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस