८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
फाइल फोटो
अ अ+ अ-

नेपालगञ्ज। बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले यहाँका सबै पालिकामा गरेको ल्याब परीक्षणमा एक हजार ३३५ किशोरीमा केही मात्रामा, ६४६ किशोरीमा मध्यम र १२ जनामा पूर्णरुपले रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालयकी सम्पर्क व्यक्ति बसन्ती मल्लले जानकारी दिनुभयो ।

उहाँले सबै स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेका विद्यालयमा सबैभन्दा बढी रक्तअल्पताको समस्या देखिएको उल्लेख गर्दै १८ विद्यालयमा सो परीक्षण भएको बताउनुभयो ।

सम्पर्क व्यक्ति मल्लले परीक्षणका क्रममा किशोरीको रगतमा हेमोग्लोबीनको मात्रा कम भएर रक्तअल्पता भएका जिल्लामा ५९ प्रतिशत किशोरी रहेको औँल्याउदै ४१ प्रतिशत सामान्य रहेको बताउनुभयो । रक्तअल्पता भनेको मानिसको शरीरको रगतमा हेमोग्लोबिनको मात्रा कम हुनु हो ।

सम्पर्क व्यक्ति मल्लले विद्यालय तहका १० देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको स्वास्थ्य समस्या देखिएको जानकारी दिँदै बालिकाको खाजा खाने अभ्यासलाई परिवर्तन गर्न सुझाव दिनुभयो । “बालिकाहरुले खाजाका रुपमा खाने चाउमीन, जङ्क फूड, चारचाउ, कुरकुरे, चटपटेलगायत मैदाका सामग्रीको खाजाले यस्तो समस्या निम्ताएको हुन सक्छ”, उहाँले भन्नुभयो ।

कतिपय स्थानीय तहमा दिने दिवा खाजा चाउमिन, सुक्खा भुजा लगायतले सो समस्या निम्ताएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले आफ्ना बच्चालाई घरमा निर्माण गरिएको खाजा खुवाउन सुझाव दिएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा भएको ल्याव परीक्षणमा सन्तुलित भोजन तथा खाजाको प्रयोग गर्न विद्यालयलाई आग्रह गरिएको जानकारी दिँदै सम्पर्क व्यक्ति मल्लले विद्यालय वरपर पाउने जङ्क फूडको वातावरणले असर गरिरहेको बताउनुभयो ।

किशोरीबाहेक किशोरमा सो समस्या हुन सक्ने उल्लेख गर्दै उहाँले किशोरी आमा बन्ने भएकाले अहिले नै रगतको मात्रा कम हुनु भविष्यमा मातृ–शिशु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताउनुभयो ।

रगत अभावका कारण गर्भावस्था तथा प्रसुति अवस्थामा जटिलता, शिशुमा कम तौल, समयपूर्व जन्म, कुपोषण र मातृ–शिशु मृत्यु दरसमेत बढ्न सक्ने सम्पर्क व्यक्ति मल्लको भनाइ छ ।

माता–शिशु मृत्यु न्यूनीकरण तथा कुपोषणलाई जरैबाट नियन्त्रण गर्न किशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यालयमा नियमित आइरन चक्की वितरण, पोषण शिक्षा, स्वच्छता र महिनावारी स्वास्थ्य व्यवस्थापनलाई सशक्त बनाउँदै किशोरी स्वास्थ्य सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस