८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’

‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’
अ अ+ अ-

काठमाडौँ। नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरुले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

पूर्र्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्नुहुँदै बंगलादेश, श्रीलंका लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्नसक्ने बताउनु भयो ।

उहाँले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गर्नुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा एमविविएस प्रोग्राम शुरु गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विम श्रेष्ठले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने बातारण बनाउनुपर्ने बताउनु भयो ।

त्यसका लागि बाहिरका विश्वविद्यालयले दिने सुविधाहरुले नेपालमै उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनु भयो । नेपालले अब सूचना प्रविधि र एआई सम्बन्धी शिक्षा दिन विश्वमा प्रतिष्पर्धा गर्न नसक्ने उहाँको भनाई छ ।

त्रिभूवन विश्वविद्यालय पूर्वउपकुलपति डा. तीर्थ खनिँयाले अन्तर्राष्ट्रिय विश्वविद्यालय बन्न विदेशी विद्यार्थीको संख्या कति छन् भन्ने कुराले निर्धारण नगर्ने बताउनु भयो । उहाँले सिकाईको आदानप्रदान नै विश्वविद्यालयको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनु भयो ।

उहाँले शिक्षा मन्त्रालयलाई नेपालको विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा कुन ¥याकिङ्मा छन् भन्ने जानकारी नै रहेको बताउनु भयो ।

उहाँले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षामन्त्रालयलाई यी दुवै कुरा बुझाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले मन्त्रालय नै नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नलागेसम्म केही नहुने उल्लेख गनुभयो ।–न्युज एजेन्सी नेपाल