९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति कार्यक्रम सुरु गरेको छ ।

प्रदेशमा क्रियाशील पत्रकारहरूलाई खोजमूलक, अनुसन्धानमूलक र आलेखजन्य सामग्री उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो ।

लेखनवृत्ति प्रदानका लागि छुट्टै कार्यविधि बनाएर काम थालिएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् । चालु आर्थिक वर्षमा प्रदान गरिने लेखनवृत्तिका लागि इच्छुक पत्रकारहरूलाई आवेदन दिन गत आइतबार १५ दिने सूचना प्रकाशन गरिएको उनको भनाइ छ ।

लेखनवृत्ति कार्यक्रममा सहभागी हुनलाई प्रदेशभित्र सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्ने प्रावधान राखिएको छ । कुनै सञ्चारमाध्यममा आबद्ध नभए पनि तीन वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको स्वतन्त्र पत्रकारले पनि आवेदन दिन सक्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम र पत्रकार लेखन वृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ बमोजिम लेखनवृत्ति प्रदान गर्न लागिएको प्रेस रजिष्ट्रार भण्डारीले बताइन् । लेखनवृत्ति कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारितामा सक्रिय पत्रकारलाई समेटिने भएको छ ।

लेखनवृत्ति कार्यक्रममा सहभागी हुन चाहने पत्रकारले कार्यविधिले तोकेबमोजिमको निवेदन, कार्यक्षेत्र, अनुभव र जिम्मेवारी खुल्ने विवरण, लेखन तथा प्रसारण गर्न चाहेको विषयको ३०० शब्दसम्मको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि स्वतन्त्र पत्रकारको हकमा ३ वर्ष क्रियाशील रहेको प्रमाण, नागरिकता र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ ।

छनोट भएका पत्रकारले कार्यविधिले तोकेको समयभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

छनोट हुने पत्रकारलाई प्रतिव्यक्ति बढीमा रु २५ हजार प्रदान गरिने भएको छ । विज्ञहरूको समितिले लेखनवृत्ति प्राप्त गर्ने पत्रिकाहरूको नाम छनोट गर्नेछ । रासस