२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु



अ+ अ-

बागलुङ। बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।

शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिनुभयो । शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।

राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । आज बिहान ९ः०० बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उहाँको भनाइ छ ।

प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।”

शाहीको शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उहाँको भनाइ छ । रासस




भर्खरै