२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् ।

पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ । किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो ।

सिँचाइ सुविधा विस्तार भएसँगै करिब २०० बिघा जमिनमा सिँचाइ पुगेको छ भने ३०० भन्दा बढी किसान लाभान्वित भएका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार व्यावसायिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेल र अटोजन बोरिङ जडान गरिएको हो । किसानलाई तीनदेखि पाँच जनाको समूह बनाएर स्यालो ट्युबवेल उपलब्ध गराइएको उहाँले बताउनुभयो । यसबाट व्यावसायिक तथा उन्नत जातको खेती गर्ने किसान बढी लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षमा किसानलाई थप १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गर्ने कार्य अगाडि बढाइएको छ । यसका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ । गत वर्ष १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गरिएको थियो भने त्यसअघिल्लो वर्ष १० वटा स्यालो ट्युबवेल जडान गरिएको थियो ।

प्राविधिक रूपमा एक स्यालो ट्युबवेलले करिब पाँच बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउन सक्छ भने एक अटोजन बोरिङले ३० बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउन सक्ने क्षमता रहेको छ । सिँचाइ सुविधा विस्तार भएसँगै किसानले आकासे पानीमा निर्भर रहनुपर्ने अवस्था कम हुँदै गएको छ ।

वडा–५ गर्जमुनिका किसान अंकली चौधरीले सिँचाइ सुविधा भएपछि खेती गर्न निकै सहज भएको बताउनुभयो । “पहिले आकासे पानीकै भरमा खेती गर्नुपथ्र्यो, अहिले आवश्यकताअनुसार सिँचाइ गर्न पाइन्छ”, उहाँले भन्नुभयो । वडा कार्यालयले सिँचाइ सुविधा विस्तारसँगै व्यावसायिक खेती, तरकारीखेती र बहुवाली खेती विस्तार हुने विश्वास लिएको छ । किसानको उत्पादन र आम्दानी वृद्धि गर्न आगामी वर्षहरूमा पनि सिँचाइ कार्यक्रमलाई प्राथमिकतामा राखिने वडा कार्यालयले जनाएको छ । रासस




भर्खरै